चुवाव जितेको खुसीयाली मनाउँदा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु !

उज्यालो खबर मुख्य खबर

धनकुटा, जेठ १ । वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका उम्मेदवारको मृत्यु भएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका थिए । बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल विराटनगर भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *