नेपालगन्जमा ५ को वडा अध्यक्षमा, कल्पना शर्माद्वारा बागी उम्मेदवारी दर्ता !

उज्यालो खबर मुख्य खबर हेलो स्थानीय सरकार

बाँके बैशाख १२ गते ।
नेपालगन्जमा उपमहानगरपालिका(५ को वडा अध्यक्षमा कल्पना शर्माले बागी उम्मेदवारी दर्ता गराएकी छन ।

लामो समयदेखी राजनीतिमा क्रियाशिल शर्मालाई महिला भएकै कारण पार्टीले टिकट नदिएको शर्माको आरोप छ।

पार्टीले अन्तिम समयमा आयर आफुलाई टिकटबाट बन्चित गरिएको भन्दै दुख व्यक्त गरिन । उनी वडा नम्बर पाँचमा परिचित महिला नेत्री हुन ।

पावर र पैसामा अरुलाई टिकट बितरण गरिएपछि पार्टीमा मुल्यांकन गर्ने प्रबिधीको अन्त्य भएको पनि उनको भनाइ छ ।

उनले आफ्नो उम्मेदवारी वडाको बिकास र समृद्धि भएको बताएकी छिन। उनले महिलाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *