चुनाव जिते, कुनै पनि सेवासुबिधा नलिने हिमान्शु यादवको घोषणा !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : नेकपा एमालेबाट जानकी गाउँपालिका अध्यक्षका उमेदवार हिमान्शु यादवले आफुले पालिका अध्यक्ष जितेमा पूरा कार्यकाल आफुले कुनै पनि सेवा सुबिधा नलिने बताएका छन् ।

युवा नेता यादवले आफुले चुनाव जितेमा सम्पुर्ण कार्यकालको आफुले पाउने सबै सेवा सुबिधा पालिकाबासी गरिब, आर्थिक अवस्था कमजोर भएका परिवारको लागि खर्चने बताउदै सेवा सुबिधा आफुले नलिने घोषणा गरेका हुन् ।

पत्रकार संग कुरा गर्दै जानकी गाउँपालिकाका एमालेका उमेदवार यादवले जानकी गाउँपालिकालाई फुसको छानो बिस्तापित गर्ने आफ्नो योजना रहेको र सोको लागी आफ्नो सबै सेवा सुबिधा त्यसैमा लगाउने बताएका छन् ।

पालिकालाई फुसको छानो रहित बनाउने मेरो योजना छ, त्यसको लागी पालिकाको बजेट र जितेको अवस्थामा अध्यक्षले पाउने सबै सेवा सुबिधाको रकम त्यसमा खर्च गर्नेछु, यादवले बताए ।
पालिकाबासी सबैको आशा र भरोसाको केन्द्र रहेका यादवले जनताले आफुलाई बिश्वास गरेर जिताएमा पालिकामा नयाँ किसिमले बिकासको काम थालनी गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *