आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइँदै, उद्घाटनमा प्रधानमन्त्री नजाने !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए ।

केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए । आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री चौधरीले मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो ।
निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नसक्ने भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

यो खवर news24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *