५ लाख घुससहित,मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा पक्राउ !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

धनुषा चैत २८ गते ।
मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *