बुटवल, चैत्र १०। नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुका केही ठाउँमा निकट भविष्यमै वसहरु सञ्चालनमा ल्याउने भएको छ।
हाल काठमाण्डौमा मात्र सञ्चालित विद्युतीय वसहरु वातानुकुलित भएकोले तराइको गर्मीमा असाध्यै लोकप्रिय हुने विश्वास कम्पनीका अध्यक्ष भेषवहादुर थापाको छ।
नेपाली सडकमा सडकमा विद्युतीय कारहरु प्रशस्तै गुडिरहँदा पनि बिजुली बसहरु नदौडिएकाले अब अब यसमा सुधार आउने देखिएको छ।
छिमेकी मुलुक चीन र भारतका ठूला सहरमा विद्युतीय बसहरु चल्न थालिसके पनि नेपालमा यस्ता बसहरु नगन्य मात्रामा छन्।
नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ।
सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस ल्याएर राजधानीमा सञ्चालन गरिरहेको अवस्थामा अब युरो ब्राण्डका बसहरु चलाउने भएको छ । रुपन्देहीमा ल्याइदै गरेका वसहरु सुनौली भन्सारमा आइपुगेका छन् ।
थापाका अनुसार हाल भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको ४ नं. सम्म विद्युतीय वसहरु चल्नेछन् ।