आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको पहलमा ९ विद्यार्थीले छात्रवृत्ति पाउने !

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी

राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको कुपन्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजले पाँच जनालाई सिभिल र चार जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो।

सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रावृत्ति दिने कलेजले निर्णय गरेको छ।

नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहेन्दार विद्यार्थीले कलेजमा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीले छात्रावृत्तिको लागि दावी गर्न सक्ने कलेजका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *