लगातार सुनको भाउ घट्दै, आज फेरी १८ सय घट्यो अव तोलाको कति पर्छ ?

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं । मंगलबार सुनको मूल्य तोलमा १८ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज घटेर तोलाको १ लाख ५०० रुपैयाँ कायमा भएको छ ।

यस्तै सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको १ लाख १ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *