काठमाडौं । मंगलबार सुनको मूल्य तोलमा १८ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज घटेर तोलाको १ लाख ५०० रुपैयाँ कायमा भएको छ ।
यस्तै सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको १ लाख १ हजार ८०० मा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।