युक्रेनको अस्पतालमा रुसी सेनाद्वारा बम प्रहार

उज्यालो खबर मुख्य खबर

 युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् ।

बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा बढी क्षति पुर्‍याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्रहार गरेर मानवता विरुद्धको अपराध गरेको बताएका छन् ।

उता, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले अस्पतालमा भएको बम प्रहारलाई मानवता सम्बन्धी नियमको उल्लंघन भएको बताएका छन् ।

बालबालिका र नवजात शिशुहरुको भविश्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आक्रमण तत्काल रोक्न पनि उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *