वालेश्वर गुफाबाट मृग मारेको आरोपमा एक जना पक्राउ

उज्यालो खबर मुख्य खबर

संखुवासभा, १७ फागुन  

संखुवासभाको चैनपुर नगरपालिका-७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर-७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेकाे इलाका प्रहरी कार्यालय चैनपुरका  प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए । 

 श्रेष्ठलाई चैनपुर-७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरिएको हो । अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाई राखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेकाे खतिवडाले बताए ।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला परेकाे छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *