११ दिन थुनामा राखेर र्‍यापर लाउरेलाई थप अनुसन्धान गर्न अनुमति

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

काठमाडौं । कास्की जिल्ला अदालतले लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न समूहसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले यसअघि पनि र्‍यापर लाउरेलाई थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक ८ दिनको समय दिएको थियो, भने दोस्रो पटक १८ दिनको समय दिएको थियो ।

कास्की प्रहरीले र्‍यापर लाउरेसहित ४ जनालाई पक्राउ गरेपनि अनुसन्धान पूरा भइनसकेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *