डा.धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक !

मुख्य खबर

१६ भदौ, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणालाई दिएका छन् ।

सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. राणालाई कार्यवाहक जिम्मेवारी दिएका हुन् । सुवेदीले केही समय आफू देश बाहिर रहने हुनाले कार्यवाहक संयोजक राणालाई तोकेको जानकारी गराएका छन् ।

गत चैतमा राजावादीहरुले सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए । उक्त समितिमा राणा पनि थिए ।

सुवेदी नेतृत्वको समितिले गत चैत र बैशाखमा काठमाडौं केन्द्रित प्रदर्शन गरेको थियो । राजसंस्था पुनर्स्थापना पक्षधरबीचमै फाटो आएपछि हाल यो समिति निष्कृय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *