स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न सत्ता गठबन्धनको सरकारलाई सुझाव

मुख्य खबर

सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

शनिबार दोस्रो पटक बसेको सत्ता गठबन्धनको उच्च स्तरीय संयन्त्र बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत्  सरकारलाई सुझाव दिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यस्तै संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्नुपर्ने भए त्यो तयारी गर्नको निम्ति पनि सरकारलाई आज बसेको उच्च स्तरीय संयन्त्र बैठकले सुझाव दिएको उनले बताए। 

पाँच दलीय सत्ता गठबन्धन जेठ महिनाभित्र चुनाव गराउन तयार भएको हो? भन्ने प्रश्नमा उनले भने, ‘अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ निर्वाचन आयोगसँग छलफल गरेपछि एकै चरणमा निर्वाचन गर्ने वा फरक फरक मितिमा गर्ने कुराको टुंगो लाग्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *