सर्वसाधारलाई ठगी गर्दै सहकारी सँस्था

उज्यालो खबर मुख्य खबर

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं, १२ आदर्शनगर चोक स्थित रहेको श्री निधी बचत तथा ऋण सहकारी सँस्थाले सर्वसाधारलाई ठगी गरिरहेको पाइएको छ ।

आदर्शनगर चोकदेखि उत्तरतर्फ पूर्वपट्टि रहेको उक्त सहकारी सँस्थाले कर्जाको दोब्बर रकमको दृष्टिबन्धकको कागज बनाउने गरेको तथ्य फेला परेको छ ।

सहकारी सँस्थाले कर्जा दिने बेलामा जग्गा, जमिन रोक्का गराउँदा बैंकले ऋणिसँग गराउने दृष्टिबन्धकको कागज दोब्बर रकमको बनाएको पाइएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं, ११ निवासी एक सेवाग्राहीले रु ६ लाख रुपैया कर्जा लिँदा सहकारी सँस्थाले गैर कानूनी तरिकाबाट रु १२ लाखको दृष्टिबन्धकको कागजात बनाएको छ ।

ऋणि साधारण पढलेख समेत नगरेकोले मौकाको फाइदा उठाउँदै सहकारी सँस्थाले दोब्बर रकमको कागजातमा हस्ताक्षर गराउने गरेको हो ।

उक्त सहकारी सँस्थाबाट रु ६ लाख कर्जा लिएकी वीरगन्ज – ११ श्रीपुर निवासी ४८ वर्षीय संगिता कुमारीसँग २०७६ वैशाख १७ गते रु १२ लाखको दृष्टिबन्धक कागजात बनाएको पाइएको हो ।

सोझा साझा अनपढ नागरिकहरुलाई सहुलियत कर्जाको नाममा सहकारी सँस्थाले दोब्बर रकमको कागजात गराई रहेको हो । भोलिका दिनमा कर्जा स्वरुपको रकम तिर्न नसकेपछि दोब्बर रकमको व्याज जोडी साँवा समेत असुल्ने सहकारीको नियत देखिएको छ ।

उक्त सँस्थाले कागजात मात्रै दोब्बर रकमको बनाएको हाइन, भने अनुसारको प्रतिशत भन्दा पनि बढि व्याज रकम बुझ्ने गरेको छ । कोरोना महामारीको बखत गरिएको लकडाउनको बेलाको पनि व्याज थपेर साँवा बनाई भुक्तानी लिई रहेको तथ्य फेला परेको छ ।

संगिता कुमारीकै कर्जा लिएको लगभग ३ वर्ष हुन लाग्यो, हालसम्म नगदै २ लाख तथा दैनिक ५ सयदेखि १ हजार रुपैयाको दरकले ३ लाख ५० हजार गरि करिब साढे ५ लाखको हाराहारीमा कर्जा बुझाई सक्दा पनि हालसम्म करिब रु ३ लाख अझै बाँकी रहेको सहकारीको हिसाबले देखाएको छ ।

संगिता कुमारीका छोरा दिपक चौरसियाले उक्त सहकारी सँस्थाले आफ्नो अभिभावकलाई ठगेको आरोप लगाएका छन् । 

सँस्थाले दिएको पास बुकमै हेर्ने हो भने दैनिक रु ५ सय र १ हजारको दरले किस्ता वापत रकम बुझाइएको छ भने एकमुष्ट रु २ लाख गरि साढे ५ लाख रकम बुझाइएको छ । तर एकमुष्ट तिरेको रकमलाई साँवा भन्दा पनि व्याज भनेर कट्टा गरि ८८ हजार मात्रै साँवाबाट काटेको देखिन्छ ।

कोरोना संक्रमण महामारीको बखत सबै बैंक, वित्तिय सँस्थादेखि सम्पूर्ण कारोबार ठप्प रहेकोमा त्यो बेलाको पनि व्याजलाई साँवा रकम बनाई आफूहरुसँग पैसा असुली गरि रहेको चौरसियाको भनाई छ ।

यसरी गर्ने हो भने यो कर्जा कहिलेपनि चुक्ता हुँदैन भन्दै छोरा चौरसियाले रु ६ लाख कर्जा लिएकोमा हालसम्म रु साढे ५ लाखसम्म बुझाई सक्या छौ, तर सँस्थाले अहिले पनि रु ३ लाख बाँकी नै रहेको भन्छ, यसरी मलाई मात्रै होइन, यहाँका अधिकाँश नागरिकहरुलाई यो सँस्थाले ठगी गरि रहेको बताए ।

कोरोनाले ६ महिना लकडाउन रहेको बेलाको पनि एकमुष्ट व्याज जोडेको बताए । सहकारी सँस्थाले कर्जाको रकम नवीकरण गर्ने बेला तयार पारेको कागजातमा पनि कर्जा रु ६ लाख नै उल्लेख गरिएको छ तर दृष्टिबन्धकको कागजातमा भने रु १२ लाख कर्जा रकम उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *