चौलिकाबाट लागुृ औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

उज्यालो खबर मुख्य खबर

बाँके माघ १० गते ।
बाँके प्रहरीले लागुृ औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगन्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरी र लागु औषध व्यूरोको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा मुन्नीले लगाएको सुइटरमा लागु औषध फेला परेको न्यौपानेको भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट ७० हजार ५ सय रुपैयाँ नेपाली र ७० हजार तीन सय ५० रुपैयाँ भारु गरी एक लाख ८३ हजार ६० रुपैयाँ समेत बरामद गरेको छ ।

उनीहरु लामो समयदेखि लागु औषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *