आजबाट सिनेमाघरमा चलचित्र “चुरीफुरी”

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

फ्राइडे रिलिज अन्तर्गत आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित हाँस्यप्रधान नेपाली चलचित्र ‘चुरीफुरी’ प्रदर्शन हुँदैछ ।

निर्देशक आचार्यका अनुसार आजबाट मुलुकभरका प्रमुख सिनेमाघरमा चुरीफुरी लाग्नेछ।

अधिकांश हाँस्य कलाकार रहेको चुरीफुरीमा रविन्द्र झा, सुबोध गौतम, राजिब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्यलगायतले अभिनय गरेका छन् ।

फिल्ममा दिपक शर्माको संगीतमा समीर आचार्य, विश्व नेपाली, बेनिशा पौडेलको स्वरामा गीतहरु समावेश छन् ।

फिल्मलाई छायांकार राहुल राईले खिचेका हुन्। सम्पादक नवीन निरौला हुन् ।

फिल्मका सह-निर्माताहरुमा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी छन् भने ऋषिराज आचार्य र रीना ढकाल भण्डारी यसका निर्माता हुन्।

निर्देशक आचार्यले नै यो चलचित्रको कथा लेखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *