मंसिर ३, सल्यान । सल्यानको पर्यटकिय स्थल कुपिण्डे तालमा डुवेर एक बालकको मृत्यु भएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको तालमा डुबेर एक बालकको मृत्यु भएको हो । शुक्रवार कुपिण्डे तालमा लागेको मेला हेर्न गएका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुने बनगाड कुपिण्डे नगरपालिका ८ आगरनेटाका ८ वर्षीय राजेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पूर्णिमाको अवसरमा आज तालमा मेला लागेको र उक्त मेला हेर्न उनी आएका थिए । घटनाको थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पौडेलले बताए ।
(साभार : अनलाइन तहल्का)