बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा अब क्रिकेट एकेडेमी बन्ने भएको छ ।
नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको उद्घाटन गर्न आइपुगेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले (अथक) कोहलपुर क्रिकेट मैदानमा एकेडेमी शिलान्यास गर्ने भएका हुन् ।
त्यसबीच मन्त्री गहतराजको नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुकासाथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको सचिवालयले जनाएको छ ।
मन्त्रीका रुपमा पहिलो पटक पदभार ग्रहण गरेलगत्तै अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए । आइतबार बिहान ९ बजे एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।