नेपाली फिल्मको प्रदर्शन तयारी, कुन फिल्म कहिले प्रदर्शन हुन्छ ?

उज्यालो रंगमन्च

कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो । अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् ।

फास्ट एन्ड फ्युरियस–९’ लगाउँदै दसैंदेखि हल संचालनमा आएपनि हलमा नेपाली फिल्म प्रदर्शनमा आइरहेको थिएन। निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का गर्न सकिरहेका थिएनन्। तर, बलिउड फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शकको भीड जम्मा गरेपछि नेपाली फिल्मकर्मीमा उत्साह थपिएको छ।हालै निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट–३’को नयाँ मिति तोकेका छन्।

उनको टिमले फिल्मलाई पुस २ मा प्रदर्शन गर्ने भएका छन्। कोरोना महामारीकै कारण ४ दर्जन बढी फिल्मको प्रदर्शन रोकियो। कति फिल्मले प्रचारप्रसारको काम सकिँदा पनि प्रदर्शनको मौका पाएनन्। निर्देशक सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ पनि महामारीकै कारण पछाडि सारिएको थियो।

अब भने सुदर्शनले माघ १९ गते फिल्मलाई प्रदर्शन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको नयाँ मिति सार्वजनिक गरेका हुन्।’कुनै एक चलचित्र मात्र नभई पूरा नेपाली फिल्म क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उदेश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ यही वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं। सधैंझै सम्पूर्ण चलचित्रकर्मी, पत्रकार साथी र दर्शक महानुभावबाट साथ र सहयोगको अपेक्षा गर्दछौं,’सुदर्शनले फेसबुकमा लेखेका छन्।

यसअघि ‘लप्पन छप्पन–२’ फागुन १३, ‘ए मेरो हजुर–४’ चैत २५ र ‘चिसो मान्छे’ले वैशाख २० लाई प्रदर्शनको मिति तोकेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *