नेपालगंज । आईतवार सुनसान सरह रहेको नेपालगन्ज सोमावार भने रंगीन भएको छ । फागुपूर्णिमाको दोस्रो दिन सोमावार तराईमा होली मनाइएको हो । जी नेपाल टेलिभिजनका प्रवन्ध निर्देशक आशीष गुप्ताको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष , बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यद्घारा उद्घाटन गरिएको थियो ।


होलीको कार्यक्रममा कन्सर्टको पनि व्यवस्था रहेको थियो ।त्यसैगरी कन्सर्टमैं नेपालगन्ज मेडिकल कलेजले कोरोना सचेतना डेस्क सञ्चालन गरेको थियो भने राष्ट्रियस्तरका कलाकारले समेत प्रस्तुति गरेका थिए ।
कार्यक्रममा एमालेका नेता देपराज भार, रापप्रका केन्दिय सदस्य ऋषि देवकोटा, राष्ट्रिय वाण्ज्यि बैकका प्रदेश प्रमुख देवनन्द सुवेदी, समाज सेवी पशुपतिदयाल मिश्र, लालित रौनियर, बरिष्ठ पत्रकार शिव डोटेल, कमल बि.के निर्मोही, लागायतका व्यक्तित्वहरुले शुभकामना दिएका थिए । नेपालगञ्ज भने समाजिक सदभावको शहर हो भन्ने कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तिहरु को भनाई थियो ।
स्मर्णीय रहोस् । गत वर्ष जी नेपाल टेलीभिजनद्वारा आयोजित सामाजिक सदभावको होली कार्यक्रम नेपालगंजको धम्बोजी स्थित ग्यालेक्सी दरबार होटल अगाडी नेदरल्याण्डको डी.जे.ले तहलका मचाएको थियो ।
