प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

मुख्य खबर स्वास्थका कुरा

इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

‘६८ वर्षीय प्रधानमन्त्री खान घरमा नै सेल्फ आइसोलेसनमा हुनुहुन्छ,’ सुल्तानले ट्वीट मार्फत जानकारी गराउनु भएको छ । खानले २ दिनअघि मात्र कोरोनो भाइरसविरुद्धको भ्याक्सिन लगाएका थिए ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार पाकिस्तानमा हालसम्म १३ हजार ७ सय ९९ जना संक्रमितको मृत्यु भएको भने ६ लाख २३ हजार १३५ जना संक्रमित भएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *