चौबीस घन्टायता बर्षा र बाढीबाट पाकिस्तानमा चौवन्नको मृत्यु !

एजेन्सी । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ […]

Continue Reading

अवैध संरचना हटाइँदै पोखरामा !

पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ । तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले […]

Continue Reading

‘मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सुरु !

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ […]

Continue Reading

बागलुङको गलकोट मा भाइरल ज्वरो कारण तीन दिन विद्यालय बन्द !

बलेवा । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उहाँको […]

Continue Reading

आज दिनभरजसो प्रभावित हुने काठमाडौंका सडक !

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट […]

Continue Reading

‘हामीले त्यो रात भागेर ज्यान जोगायौं’

गत शुक्रबार दार्चुलाको महाकाली नगरपालिका–२ का गणेशसिंह खरालको परिवार साँझको खाना खाएर सुत्ने तरखरमा थियो। त्यही बेला एक्कासि मुसलधारे पानी पर्न थाल्यो। राति १२ बजे अचानक भुइँचालो नै आएजस्तो भयो। घरजमिन हल्लियो, हुरीबतास चल्यो। जमिन-आकाश गर्जेको आवाज आयो। महाकाली नदीको डरलाग्दा आवाज गणेशको परिवारको कानमा परेपछि उनीहरू घरबाट आत्तिँदै दौडेर बाहिर निस्किए। अँध्यारोमा दौडेर उनको परिवार […]

Continue Reading

कतार ३-१ ले पराजित, नेपालको लगातार दोस्रो हार!

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।  गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र  राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो। खेलको ३० औं मिनेटमा मोहमद […]

Continue Reading

‘भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँमा आवागमन प्रभावित !

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट […]

Continue Reading

लोकदोहोरी गीतका मोडल दीपसागर डीसीको निधन !

काठमाडौं । चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ । लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा […]

Continue Reading

अवैध संरचना भत्काउने तयारी, बालेनको टार्गेटमा बालाजु-माछापोखरी !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान जारी राखेका छन् । महानगरपालिकाको टोली आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिने बताइएको छ । त्यस क्षेत्रमा निर्मित अवैध संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने तयारी छ । माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक […]

Continue Reading