अव विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ ? 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था छ। साथै एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका […]

Continue Reading

आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द !

चितवन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो । नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए […]

Continue Reading

भारतकाे केदारनाथ पहिराेमा परी जुम्लाका ११ जना बेपत्ता !

मुगु । भारतकाे केदारनाथ गाैरीकुण्डमा पहिराेले हाेटल बगाउँदा जुम्लाकाे पातरासी गाउँपालिकाकाका ११ जना बेपत्ता भएका छन् । केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेकाे पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताएका छन् । उनले भने, ‘हालसम्म ११ जना बेपत्ता भएकाे खबर आएकाे छ। अरु पनि धेरैजना बेपत्ता छन् भन्ने सुनिन्छ।’ बेपत्ता हुनेमा तिला, तातोपानी र […]

Continue Reading

चौकीदारको सरुवाको विरोधामा, झापा कारागार तनावग्रस्त !

झापा । जिल्ला कारागार झापामा आज दिउँसो तनावग्रस्त बनेको छ । चौकीदारको सरुवाको विरोधामा झडप हुँदा कारागार परिसर आज पुरै तनावग्रस्त बनेको हो । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा आज दिउँसो झडप भएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई […]

Continue Reading

दोलखामा पहिरो ! १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता !

१९ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् । गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खसेको थियो । सो पहिरोमा परी गौरीशंकर गाउँपालिका–७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु […]

Continue Reading

सुन प्रकरण : सरकारतिरै तेर्सियो औंला, माओवादी नै संलग्न !

काठमाडौं । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको ठूलो परिमाणको सुन बरामदको घटनाले सरकारदेखि सदनसम्म नै तरंग मच्चाइरहेको छ । सुन प्रकरणबारे छानबिन तीब्र रुपमा अघि बढ्न नसकिरहेका बेला सरकारकै प्रमुख घटक नेपाली कांग्रेसकै जिम्मेवार नेताहरुले सरकारकै संलग्नता रहेको भन्दै विपक्षी दलको आरोपमा घिउ थपिदिएका छन् । यता, सुन प्रकरणमा माओवादी नेताहरुकै नाम जोडिन […]

Continue Reading

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ !

खलङ्गा । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र […]

Continue Reading

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध !

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो । जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र […]

Continue Reading

विश्वमै दुर्लभ डल्फिन कैलालीका नदीमा देखिन थाले !

कैलाली । कैलाली जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेको छ । कैलालीका नदिहरुमा भेटिने डल्फिनको संरक्षण र सम्बद्र्ध गर्न सक्ने यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो […]

Continue Reading

उपत्यकाको फोहोर फेरि रोकियो ! बीचबाटोबाटै फर्किए ३२ ट्रक !

काठमाडौं । पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । अन्तिम फोहर व्यवस्थापनस्थ आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको हो । यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन […]

Continue Reading