काठमाण्डौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम, कतिमा झर्‍यो तापक्रम ?

उज्यालो खबर मुख्य खबर

काठमाण्डौं, पुस ५ । काठमाण्डौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसअघि बुधबार बिहान उपत्याकामा ५ दशमलव ५ डिग्री न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाडौंमा चार किलोमिटरसम्म भिजिबिलिटी रहेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण पछिल्लो समय देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज मध्य र पश्चिम तराईका एकरदुई ठाउँमा आज बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोपख घाम लागेसँगै हट्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *