नेपालगन्जमा जेसीजले गर्यो ठकुरीलाई नगदसहित सम्मान !

उज्यालो खबर मुख्य खबर

असार २२ गते नेपालगन्ज

नेपाली राष्ट्रिय फुटबल टिममा खेलाडी दिपकसिंह ठकुरीलाई नेपालगन्जमा नगद रकम सहित सम्मान गरिएको छ ।

नेपालगन्ज जेसीजले बाँकेबाट नेपाली राष्ट्रिय टिमान प्रतिनिधित्व गर्दै बाँकेलाई फुटबल क्षेत्रमा चिनाएको भन्दै ठकुरीलाई नगद रु १० हजार रकम , सम्मानपत्र र खादा दोसल्ला ओडाएर सम्मान गरेको थियोे ।

वर्ष २०२३ का नेपालगन्ज जेसीज अध्यक्ष जेसी रोशन केसीको सभा अध्यक्ष्यमा अतिथि प्रदेश कोच तथा २०१२ कोहलपुर जेसीज अध्यक्ष जनक केसी , विशिष्ट अतिथि नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष जेसी चिरञ्जीवी शर्मा , प्रमुख अतिथि राष्ट्रिय फुटबल खेलाडी दिपक सिङ ठकुरी लगायत जेसीज परिवारको उपस्थिति रहेको थियोे ।

सम्मान कार्यक्रममा ठकुरीले आफू निकै खुसी भएको बताउदै बाँके जिल्ला फुटबल संघ बलियो नहुदा बाँकेका खेलाडीहरु पछि परेको ठकुरीले दाबी गरेका छन । ठकुरी भन्छन् एक त बुटवल भन्दा पश्चिमका खेलाडी कमै छन तेसैमा म यताको भनोभने उनी चिन्दैनन तर बाँके नेपालगन्ज भन्दापनि सुदूरपश्चिमकै भनेर चिन्ने गरेको बताउँछन् र बाँके फुटबल संघ बलियो र संघका पदाधिकारीले फेस टु फेस केन्द्र सँग गर्ने हो भने फुटबल टिममा धेरैको डेब्यु हुने ठकुरी बताउँछन् ।

तेस्तै अतिथिहरुले पनि आगामी खेलको शुभकामना दिदै अझ राम्रो खेलाडीको रुपमा दिपकसिंह ठकुरीलाई चिन्न पाइयोस् र बाँके नेपालगन्जको पनि नाम रहोस भन्दै शुभकामना दिएका थिए ।

उक्त कार्यक्रमको संचालन भने नेपालगन्ज जेसीजका बर्ष २०२३ का महासचिव जसी मोहित बाबू शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *