बसको ठक्करबाट स्कुटीचालकको मृत्यु भएपछि बसमा आगजनी !

उज्यालो खबर मुख्य खबर

मोरङमा बसले ठक्कर दिएर स्कुटीचालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। उर्लाबारी नगरपालिका– ३ नयाँ मंगलबारेस्थित पूर्व–पश्चिम राजमार्गमा बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्।

मोरङ प्रहरीका अनुसार पूर्वी नेपाल यातायतको मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई दिउँसो २ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट स्कुटरचालक झापा कमल गाउँपालिका– २ का ३४ वर्षीय पवन सुवेदीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।

आगजनीबाट बस  क्षतिग्रस्त भएको छ। प्रहरीले बसका चालक झापा कन्काई नगरपालिका– ३ बस्ने ३२ वर्षीय टंकप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *