निरा हत्या प्रकरण : झापाबाट पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइँदै !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । नीरा पाण्डे हत्याकाण्डमा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् । गत बैशाख ७ गते कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक नीरा पाण्डे आचार्यको दिउँसै रहस्यमय तरिकाले हत्या भएको थियो ।

त्यसपछिको निरन्तर अनुसन्धान खोजीपछि शनिबार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाको नाम विनोद विक रहेको प्रहरीले जनाएको छ ।

उनलाई झापाको धुलाबारीबाट पक्राउ गरिएको प्रहरीको अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिएकी छन् ।

पक्राउ परेका व्यक्ति आजै सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताइएको छ ।

नीराको निर्मम तरिकाले हत्या भएको थियो । उनको शरीरका विभिन्न ठाउँमा धारीलो हतियार प्रहार गरिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *