कोरोना संक्रमितले भरिन थाले अस्पताल !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । केहि दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण बढेसंगै काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका अस्पताल बिरामीले भरीभराउ हुन थालेका छन् ।

कोरोना संक्रमण दर वृद्धि भएकाले स्वास्थ्य सावधानीका साथै पूर्ण मात्रामा खोप लगाउन चिकित्सकले सुझाव दिइरहेका छन् ।

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका लगायत उपत्यकाका बाहिरका अस्पताल बिरामीले भरीभराउ हुन थालेका छन् ।

कोरोना परीक्षणका साथै खोप लगाउने बिरामीको संख्या पनि वृद्धि भएको छ ।

पछिल्लो केही सातादेखि कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाएका छन् । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमित बढीरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ ।

कोरोनाबाट मृत्युदर सून्य रहेको अवस्थामा अहिले पुनः कोरोना संक्रमितको मृत्यु हुन थालेको मन्त्रालयले जनाएको छ ।

तीन महिनादेखि कोरोना संक्रमणबाट मृत्यु दर सून्य रहेको थियो । केही समययता छिमेकी देश भारतामा पनि कोरोना संक्रमण दर बढिरहेको छ ।

खुल्ला सिमानाका कारण नेपालमा थप जोखिम भएकाले सिमानाकामा कडाइका साथै सम्रग अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

हाल ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरुका कारण कोरोना भाइरस पुनः सक्रिय भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

नेपालमा अहिले कोरोनाका ९ वटा सबभेरियन्टहरु फेला परेका छन् जसमा आधा भन्दा धेरै नयाँ प्रजातीका भेरियन्ट पुष्टी भएका छन् ।

पुष्टी भएका नयाँ भेरियन्टमध्ये एक्सबीबी १.१६ बढी संक्रमण फैलाउने भेरियन्टमा परेको छ । पछिल्लो समय नेपालमा फैलिएको कोरोना संक्रमण मध्ये करिब ४२ प्रतिशत सोहि भेरियन्टले फैलाएको पुष्टी भएको छ ।

कोरोना संग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका बिरामीसंगै भर्ना गरेर उपचार गर्नूपर्ने बिरामीको संख्या बढेको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण बढ्दै गएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने सम्भावना उच्च छ ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोनका सबभेरियन्ट कम घातक मानिन्छ । यद्यपि, उक्त उत्परिवर्तित भेरियन्ट ज्येष्ठ नागरिक र दीर्घरागीका लागी घातक सावित भएको छ ।

कम घातक भएतापनि बढि संक्रामक भएकाले स्वास्थ्य सर्तकताका साथै खोपको पुर्ण मात्रा लगाए थप महामारीको रुप नलिने चिकित्सकको भनाई छ ।

कोरोना संक्रमण कम हुँदै गएपछि पूर्णखोप लगाउनेहरु घट्दै गएका थिए । अहिले पुनः संक्रमण बढ्दै गएपछि खोप लगाउनेहरु पनि बढ्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *