मेयरको सट्टामा एसईई परीक्षा दिने इन्जिनियर ज्वाइँ पक्राउ !

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा नाताले ज्वाइँ पर्ने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साह गरुडा नगरपालिका–६ का हुन् । उनलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानका क्रममा उनी इन्जिनिरसमेत रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *