कैलाली । भारतमा उत्पादीत सुर्तीजन्य पदार्थलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । तर, भारतीय सीमावर्ती जिल्लामा यस्ता वस्तु सहजै किनमेल हुने गरेका छन् ।
सुर्ती सेवन स्वास्थ्यका लागि खतरानाक मात्रै नभएर यी वस्तुको प्रयोगगमा सिमितता ल्याउन भन्दै सरकारले चर्को कर समेत लगाउदै आएको छ । तर, स्वदेशी उत्पादनलाई बजारीकरणमै समस्या पर्नेगरि भारतमा उत्पादीत सूर्तीजन्य पदार्थ कैलालीका विभिन्न स्थानमा खुलेआम विक्रिवितरण हुदा करछली मात्रै नभएर स्वदेशी उत्पाउनमाथि ठूलो असर पु¥याउदै आएको छ ।
नेपाल सरकारले भारतमा उत्पादन भएका सुर्तीजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाएको छ ।
तर सीमावर्ती क्षेत्रमा मात्र होइन देशका ठुला शहरमा समेत प्रतिबन्धीत बस्तुको खुलेआम कारोबार भईरहेको छ । यसरी प्रतिबन्धीत सुर्ती जन्य पदार्थ नेपाली बजारमा बिक्रि वितरण हुनाले स्वदेशी उत्पादक कम्पनीहरु मारमा परेका छन् ।
भारतमा उत्पादन भएका सुर्तीजन्य पदार्थहरु प्रहरीकै मिलोमतोमा सजिलै नेपाली बजारमा पुग्ने गरेको आरोप लाग्दै आएको छ ।
यसरी नियमनकारी निकयको अघोषित संलग्नतामै प्रतिबन्धीत बस्तुहरु खुलेआम बजारमा भित्रिनुले सरकारका संयन्त्रहरुलाई गिज्जाई रहेका छ । तर जिल्ला प्रशासन कायार्नलय भने यस्ता कार्य नियन्त्रणमा लागी परेको दाबी गर्छ ।
उसो त कर संकलन गर्ने निकाय कैलाली भन्सार कार्यालय सीमा नाका मै छ । यसरी कर छलीका सामाग्रीहरु पनि उसैको आगन टेकेर नेपाल भित्रिन्छन ।
नियमानुसार हरेक सामानबाट कर उठाउने कार्यालय कर छलीलाई रोक्ने दायित्व आफ्नो मात्र नभएको भन्दै गैरजिम्मवार जवाफ दिन्छ ।
सरकारले प्रतिबन्ध लगाएका तथा कर छलीका समाग्रीहरु यसरी नेपाली बजारमा भित्रिए पछि सरकारी संयन्त्रको कार्यशैली माथी नै प्रश्न उठ्न थालेको छ ।
अनावश्यक रुपमा आयात हुने बस्तुलाई निजरुत्सहित गर्दै नेपाली उत्पादनको बजारीकरणमा जोड दिने हो भने राज्यको कर संकलनको दायरा त फराकिलो हुन्छ नै यसले रोजगारी सृजना गरी स्वदेशमा नै केही गर्न खोज्नेहरु पलायन हनैु पर्ने बाध्यताको पनि अन्त्य हुने देखिन्छ ।
खेम ढुंगाना news24nepal