हिमपातपछि अफगानिस्तानमा २५ जनाको मृत्यु !

उज्यालो खबर मुख्य खबर

काबुल-बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी चिसोसँगै हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि दातृ निकायले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन, जसका कारण अधिकांश अफगानी मानवीय संकटको चपेटामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *