आदर जैन र अभिनेत्री तारा सुतारिया को ब्रेकअप!

उज्यालो खबर मुख्य खबर

बलिउड अभिनेत्री तारा सुतारियाको आदर जैनसँग ब्रेकअप भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरू विवाह गर्ने योजनामा थिए। उनीहरू पछिल्लो ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए।

तारा र आदर दुवैले आफ्नो ब्रेकअपको बारेमा बताएका छैनन् तर उनीहरूको निकटका अनुसार ब्रेकअप भएको हो। 

तारा र आदरको भेट २०१८ मा भएको थियो। उनीहरूले आपसी सहमतिमा प्रेम सम्बन्ध टुंगाएका हुन्। हरेक कार्यक्रममा सँगै पुग्ने तारा र आदरको भेटघाट समेत कम भइरहेको छ। 

केही समय अगाडि ताराले एक अन्तर्वार्तामा आदरको बारेमा खुलेर तारिफ गरेकी थिइन्। 

‘मलाई हाम्रो सम्बन्धको बारेमा सबैले चुप लागेर बस्न सल्लाह दिन्छन् तर मलाई यस्तो लाग्दैन। यदि कुनै पनि कुरामा गर्व गरिन्छ भने त्यसलाई लुकाउन आवश्यक छैन। मलाई आदरको बारेमा कुरा गर्न खुशी लाग्छ। पछिल्लो केही वर्ष मेरो लागि कठिन रह्यो तर हामीले मित्रता कायम राख्यौं,’ उनले भनेकी थिइन्। 

तारा पछिल्लो समय ‘एक भिलेन रिटर्न्स’ मा देखिएकी थिइन्। हाल उनी आगामी फिल्म ‘अपूर्वा’ को छायांकनमा व्यस्त छिन्। 

आदर करीना कपूरकी फूपु रीमा जैनका छोरा हुन्। यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *