सरकार बनाउने सम्भावना म वामगठबन्धन गरेर देख्दिनँ: माधव नेपाल

उज्यालो खबर मुख्य खबर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामगठबन्धन गरेर सरकार बनाउने सम्भावना आफूले नदेखेको बताएका छन्।

आज पार्टी कार्यालयमा भएको सचिवालय बैठक सकेर बाहिरिँदै गर्दा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताए।

‘वामगठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ,’ उनले भने, ‘अहिलेकै गठबन्धन दलहरूबीच सहकार्य गरी अघि बढ्ने हामीले ठानेका छौं।’

उनले अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भइनसकेको बताए। केही ठाउँमा पुन: मतदान र मतगणना नै बाँकी रहेकोले यसका लागि छलफल गर्ने समय रहेको उनको भनाइ थियो।

आज सचिवालय बैठकमा चुनावी समीक्षा पनि भएको उनले बताए। विशेष गरी इलाम १ र उदयपुर २ बारे समीक्षा भएको उनको भनाइ थियो। इलामबाट झलनाथ खनाल र उदयपुरबाट जगन्नाथ खतिवडा पराजित भएका थिए। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *