पुरस्कार वितरण इटहरी इन्टरनेशनल कलेजद्वारा ‘एएए छात्रवृत्ति’ 

उज्यालो खबर मुख्य खबर

इटहरी इन्टरनेशनल कलेजले शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ। 

विद्यार्थीहरूलाई कलेजमा प्रदर्शन गरेको उत्कृष्टताका आधारमा उक्त छात्रवृत्ति वितरण गरिएको हो। 

जसअन्तर्गत ट्युशन शुल्कमा शतप्रतिशत छुट सुविधा प्रदान गरिएको कलेजले जानकारी दिएको छ। 

यस छात्रवृत्ति कार्यक्रमका लागि कुल १३६ जना विद्यार्थीले आवेदन दिएका कलेजले बताएको छ। 

कलेजका संकाय सदस्यहरूले २१ विद्यार्थीलाई एएए छात्रवृत्तिका छनोट गरेका थिए। 

उनीहरूलाई लगभग २८ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको कलेजले जानकारी दिएको छ।

छनोटमा परेका विद्यार्थीलाई एक समारोह आयोजना गरी सम्मान गरिएको छ। समारोहमा कलेज परिवार र सम्बन्धित विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुरस्कृत विद्यार्थीलाई कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. दक्षता राणा शाहले धन्यवाद दिइन्। 

उनले भनिन् ‘म र कलेज परिवार पहिलो एएए छात्रवृत्ति प्राप्त गर्न यहाँहरूले देखाउनु भएको लगनशीलताबाट निकै गौरवान्वित भएका छौँ। भविष्यमा हाम्रा थप धेरै विद्यार्थीहरूले यो पुरस्कारबाट सम्मानित हुने आशासमेत व्यक्त गर्दछु।’ 

एएए छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूलाई कलेजमा आफ्नो समग्र प्रतिभा देखाउने एउटा राम्रो अवसर बनेको छ कलेजले बताएको छ। 

कलेजका अनुसार विद्यार्थीको शैक्षिक उत्कृष्टताका साथै सक्रिय सहभागिताका लागि छात्रवृत्ति कार्यक्रम तयार पारिएको हो।यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *