विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रियमा सवारी पार्किङ शुल्क बढ्यो, कुन सवारीको कति?

उज्यालो खबर मुख्य खबर

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ।

प्राधिकरणले मंसिर १ गते (आज)बाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो। 

प्राधिकरणले गत जेठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको विमानस्थल सेवा शुल्क नियमावलीले दिएको अधिकार प्रयोग गरी पार्किङ शुल्क बढाइएको जनाएको छ।  

प्राधिकरणले २०६७ को नियमावलीअनुसार ठेक्का सम्झौता भएकाहरूसँग सम्झौता अवधिसम्म पुरानै दरमा लिने नयाँको हकमा भने नयाँ शुल्क लाग्ने गरी निर्णय कार्यान्वयनका लागि पत्रचार गरेको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनकाअनुसार विमालस्थलमा सवारी पार्किङको काम गरिरहेको कम्पनीले नयाँ शुल्क अनुसार नै गर्न निर्देशन दिइएको छ। 

आजदेखि बढाएको शुल्कअनुसार अब मोटरसाइकल र स्कुटरधनीले प्रतिघण्टा ४० रूपैयाँ तिर्नुपर्नेछ। 

यसअघि २०६७ सालको नियमावली अनुसार मोटरसाइकल र स्कुटर तथा रिक्सा पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ तोकिएको थियो। तर अहिले तय भएको रकम पहिलेको भन्दा ३५ रुपैयाँले बढी हो। 

त्यस्तै कारको प्रतिघण्टा २० रूपैयाँ तोकिएको थियो। अहिले तय भएको रकम पहिलेको भन्दा ६० रूपैयाँ बढी हो।  

यस्तो छ बढेको शुल्कः
मोटरसाइकल, स्कुटर र रिक्सा : प्रतिघण्टा ४० र प्रतिदिन  २४० रूपैयाँ।
कार, जीप, लेमोजिन, टेम्पो : प्रतिघण्टा ८० र प्रतिदिन ४८० रूपैयाँ।
हल्का सवारी साधन (मिनी बस, माइक्रो बास) : प्रतिघण्टा एक सय र प्रतिदिन ६ सय रूपैयाँ।
बस ट्रक (गह्रौ सवारी साधन) : प्रतिघण्टा १५० र प्रतिदिन नौ सय रूपैयाँ। यो खबर सेतोपटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *