प्रतितोला १२ सय रुपैयाँ बढ्यो एकैदिनमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

उज्यालो खबर मुख्य खबर

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।यो खबर सेतोपटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *