मेसीको निर्णायक गोलमा पिएसजीको संघर्षपूर्ण जित!

उज्यालो खबर मुख्य खबर

लियोनल मेसीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले लिग वानमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

लिगको आठौं खेलमा लियोनलाई १-० गोल अन्तरले हराउँदै पिएसजीले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ।

बराबरीबाट लिग सुरू गरेको पिएसजीले ८ खेलबाट २२ अंक जोडेको हो। यस्तै अर्को अपराजित टोली मार्सेलीले समान खेलबाट २ बराबरीसहित २० अंक जोड्दै दोस्रो स्थानमा छ।

गएराति भएको खेलमा पिएसजीलाई संघर्षपूर्ण जित दिलाउने क्रममा नेइमारको पासमा मेसीले खेलको पाँचौँ मिनेटमा गरेको गोल नै निर्णयाक बन्यो।

जारी सिजनमा सबै प्रतियोगितामा पिएसजीबाट मेसीले गरेको यो छैटौँ गोल हो।यो खबर सेतोपटि मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *