भारतमा एक वर्षमा करिब ३१ हजार बलात्कारका घटना !

उज्यालो खबर मुख्य खबर

नयाँदिल्ली, भदौ १५

छिमेकी मुलुक भारतमा गत वर्ष औसतमा दैनिक ८७ जना महिलामाथि बलात्कार भएको भन्दै उजुरी परेका छन्।

भारतको नेशनल क्राइम रेकर्ड्स ब्युरोले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२१ मा भारतभरि बलात्कारसम्बन्धी ३१ हजार ६ सय ७७ उजुरी दर्ता भएको द वायरले जनाएको छ।

सन् २०२० भन्दा २०२१ मा भारतमा बलात्कारका घटना झन्डै २० प्रतिशतले बढेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ।

बलात्कारसम्बन्धी सबैभन्दा धेरै उजुरी राजस्थानमा दर्ता भएका छन् भने दोस्रो स्थानमा मध्यप्रदेश र तेस्रोमा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेश छ।

भारतभरि गत वर्ष ४ लाख २८ हजार बढी महिला हिंसाका घटना भएका छन्। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *