बाँके चैत २० गते ।
केन्द्रमा पाँच दलिय गठबन्धन गर्ने निर्णय भएको छ, तर स्थानीय तहको निर्वाचनमा तालमेल हुने सम्भावना कम देखिएको छ ।
त्यसैमा नेपालगन्ज उपमहानगरमा गठबन्धनका सवै दलले आ–आफ्नो अडान कायम राखेपछि तालमेलको सम्भावना टर्दै गएको छ । स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको दुई दिन नबित्दै जनता समाजबादी पार्टी बाँके अध्यक्ष कमरुद्दिन राईले नेपालगन्जको मेयरमा उमेदवारी घोषणा गरेका छन् ।
उनले मेयर पदको उमेदवार घोषणा गरि प्रचार सामग्री समेत तयार पारेर सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहमा जसपाले छोडे पनि नेपालगन्जमा कुनै पनि हालतमा छोड्न सकिन्न,’ उनले भने, ‘देशका अन्य स्थानीय तह अरुलाई दिए दिउन, तर नेपालगन्जको मेयर कुनै पनि हालतमा अरु दललाई दिन सकिन्न ।’
नेपालगन्जको मेयरका लागि जसपा धेरै अगाडी गइसकेको बताउँदै उनले पछाडी फर्किन नसक्ने स्पष्ट पारे ।
‘स्थानीय तहको अघिल्लो निर्वाचनको मत परिणाम आउने वित्तिकै मैले मेयरको लागि तयारी थालेको थिए । गठबन्धनको नाममा अरु दललाई नेपालगन्जको मेयरको टिकट दिन सक्ने अवस्था छैन,’ उनले भने ।
उनी मेयरको तयारी स्वरुप असहाय, अशक्त, विद्यार्थी, बालबालिका लगायतलाई सहयोग गर्दै आएका छन् ।