नेपाल-भारत सीमा विवादको मुद्दा प्रधानमन्त्री देउवाले मोदीसामु उठाए !

उज्यालो खबर मुख्य खबर

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।

हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्‍यौं। र, मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छौँ।’

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारणले गर्दा समस्या भइरहेको छ। दुई मुलुकबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भए पनि अघि बढ्न सकेको छैन। सन् २०१४ मा मोदीकै नेपाल भ्रमणका दौरानमा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रका लागि वार्ता गर्नको लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो। जसको अहिलेसम्म बैठक बनेको छैन।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो। केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक निर्माणमा तीव्रता दिएको बताएका थिए। यो खबर कान्तिपुर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *