नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा शुक्रबार देखी बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
बाँके तेक्वान्दो संघले जानकी गाउँपालिका प्रमुख स्व.राम निवास यादवको सम्झनामा बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता बाँकेको जानकी गाउँपालिकामा आयोजना गरेको हो ।
खेल क्षेत्रमा क्षमता अभिवृद्धि तथा स्वा.यादवको स्मृतिमा बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता बाँकेको जानकी गाउँपालिकामा सुरु भएको आयोजकले बताएको छ ।
आजबाट सुरुभएको प्रतियोगिता नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघको मातहतमा रहेको जानकी गाउँपालिका आई.टि.एफ तेक्वान्दो डोजाङ्गको आयोजनामा भोलिसम्म चल्नेछ । प्रतियोगिता जानकी गाउँपालिकाका रहेको खजुरा खुर्द जानकी माध्यामिक विद्यालयमा भैरहेको छ ।
प्रतियोगितामा प्रतियोगितामा पुरुष तथा महिलाको २० के.जि.देखि ७५ के.जी.सम्मको तौल समुहमा प्रतियोगिता हुने संयोजक यादवले जानकारी दिए ।
प्रतियोगितामा २४ वटा गोल्ड ,२४ सिल्भर तथा ४८ कास्य पदकका लागि खेलाडिहरु प्रतिस्पर्धा हुने आयोजक जानकी आई.टि.एफ. तेक्वान्दो डोजाङ्गका प्रमुख तथा कार्यक्रम संयोजक जगदीश प्रसाद यादवले बताएका छन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिमा स्वा.यदावका छोरा हिमान्शु यादव सहित समाजसेवी तथा युवा नेता किशोर थापा, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।