काठमाडौं चैत १ गते ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गर्नु भएको छ ।
किर्तिपुर नगरपालिका वडा नंम्बर ५– पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यहि चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाउँब्लकमा लालपूूर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिनुुभयो ।
उहाँले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी कार्यक्रम र वजेट व्यवस्था गर्न लागिएको पनि बताउनुु भयो ।
मन्त्री शशी श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गर्नु भयो ।
राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाई गर्न पनि स्थानीय तहका पदाधिकारीलाई उहाँले सुझाव दिनुभयो ।