नेपालगंज स्थित भर्खरै संचालनमा आएको नयाँ अस्पताल जनता सेवा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल नेपालगंज वर्डा नं. ६ बाकेको आयोजनामा संचालन रहको उक्त कार्यक्रममा विशेषगरी युवाहरुको उपस्थिती बाक्लो देखीएको थियो ।
उक्त रक्तदान कार्यक्रममा रक्तदान जिवनदान भन्ने मुल नारालाई नै बिशेष रुपमा कार्यन्वयन गर्ने भनेरनै स्वास्थ्य सेवामा युवाहरुको भुमीकालाई प्रघाट गराउनको लागी उक्त कार्यक्रम संचालन रहेको राष्ट्रिय युवा संघ नेपाल नेपालगंज वर्डा नं. ६ का अध्यक्ष जितेन्द्र भारथी ज्यु ले वताउनु भएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल, जनता सेवा हस्पिटल प्रा.ली. र रेडक्रसको सहयोगमा संचालन भएको उक्त रक्तदान कार्यक्रममा करिव युवा महिला तथा पुरुष गरि ५१ जनाले रक्तदान गर्नु भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल नेपालगंज वर्डा नं. ६ अध्यक्ष जितेन्द्र ज्युको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा वर्डा नं. ६ का नेकपा एमालेका अध्यक्ष बिक्रान्त श्रीवास्तव ज्युको आथित्यता तथा जनता सेवा अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. विपिन आचार्य ज्यु र कमल नारायण रस्तोगी तथा अन्य स्वास्थ्य सहक्रमीले सहकार्य गर्नु भएको थियो, भने नेपाल रेडक्रस सोसाइटी प्रादेसिक रक्त संचार केन्द्र नेपालगंजका वरिष्ट प्राबिधिक उपेन्द्र रेग्मीले उक्त रक्तदान कार्यक्रम सम्पन्न हुनमा सहयोग गर्नु भएको थियो ।
उक्त रक्तदान कार्यक्रम सोमोवार फाल्गुन ३० गते नेपालगंज स्थित फुल्टेक्रा आखाँ अस्पताल वाट १०० मिटर अगारि हडियावावा मोडमा रहेको नया अस्पताल जनता सेवा अस्पतालमा रक्तदान कार्यक्रम सुसम्पन्न भएको थियो ।
साथै उक्त कार्यक्रममा रक्तदान गर्ने लाई राष्ट्रिय युवा संघ नेपाल नेपालगंज वर्डा नं. ६ ले प्रमाण पत्रको व्यवस्था समेत गरेको थियो ।