उत्कृष्ट ध्वनि मिश्रण २०७८ अवार्ड कुमार सानू पुनलाई

उज्यालो खबर मुख्य खबर

उज्यालो मिशन नेपालगंज

७औ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ को ध्वनी सम्पादन उत्कृष्टको अवार्ड कुमार सानू पुनले पाएका छन ।
पछिल्लो समयमा निकै व्यस्त ध्वनि सम्पादनको रुपमा आफुलाइ चिनाउदै आइरहेका छन । कुमार सानु पुन शंकारा रेकर्डिङ्ग स्टुडियोमा ध्वनी सम्पादन पनि हुन । आज सम्म पुनले हजारौ गीतहरुमा ध्वनी सम्पादन गरी सकेका छन ।


७औ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ को लागी चर्चित लोक दोहोरी गीत कल्ले बोलायो गीतबाट ध्वनि सम्पादन शीर्षकबाट मनोनयनमा परेका कुमार सानू पुनले सर्वोउत्कृष्ट लोक दोहोरी ध्वनि मिश्रणबाट ? २०७६÷२०७७ अवार्ड हात पारेका छन ।
कल्ले बोलायो बोलको गीतलाई रुद्र जि एमको शब्द संगीत तथा सुकदेब अधिकारी र मेलिना राईको आवाजमा बागबजारमा रहेको शंकारा स्टुडियोमा रेकर्ड र ध्वनि मिश्रण (मिक्सिङ) भएको हो । जुन कुमार सानु पुनले गरेका थिए । यो गीत युटुवमा पनि करोड क्लवमा छ ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समितिले आयोजना गरेको राष्ट्रिय स्तरको ठूलो अवार्ड राष्ट्रिय नाच घर जमलमा गरिएको थियो । कार्यक्रमको विशिष्ट उपस्ति उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समितिले प्रतेक बर्ष राष्ट्रिय स्तरको राष्ट्रिय लोक दोहोरी अवार्ड गर्दै आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *