क्यान्सर अस्पतालका खजुरा अध्यक्ष थापाको पहिलो बैठक कार्यालय सहयोगीबाट सुरु

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरे संगै सकारात्मक चर्चा बटुलेको नयाँ अस्पताल बिकास समितिले कार्यालय सहयोगीबाट बैठक सुरु गरेको छ ।

नवनियुक्त खजुरा क्यान्सर अस्पताल बिकास समितिले अस्पतालमा कार्यरत कार्यालय सहयोगीबाट बैठक र अस्पतालमा आवश्यक ब्यवस्थापनका कुरामा छलफल गरिएको हो ।

नवनियुक्त अस्पताल बिकास समिती संगको भेटमा कार्यालय सहयोगीहरुले आ-आफ्ना समस्या र अस्पताललाई अझ ब्यवस्थित रुपमा संचालनको लागि सुझाव दिएका थिए ।

प्राप्त सुझाव र आवश्यकतालाई अस्पताल बिकास समितिले सकारात्मक लिएको र त्यसको कार्यान्वयनको लागि लैजाने अस्पताल बिकास समितिका अध्यक्ष किशोर थापाले बताए ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा सहित अस्पताल बिकास समितिको सदस्यहरुमा दिपा केसी, इमरान खा, सुर्यलाल यादवले बुधबार पदभार ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *