१० लाख युक्रेनीले देश छाडे, छिमेकी मुलुकहरुमा शरण लिन पुगे

उज्यालो खबर मुख्य खबर

एजेन्सी । युक्रेनमाथि रुसको हमलाका कारण १० लाख युक्रेनीले देश छाडेका छन् । राष्ट्रसंघको अनुसार एक सातको अवधिमा १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।

गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमाला गरिरहेको छ । ट्वीटरमा एक विज्ञाप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बान्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्– ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’

युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *