खजुराको खेलकुद विकासमा सक्रिय सुमन मल्ल, फुटबल बिकासको लागी गरे सहयोग

उज्यालो खबर मुख्य खबर

खजुराको खेलकुद विकासमा सक्रिय सुमन मल्ल, फुटबल बिकासको लागी गरे सहयोग !

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर एकका अध्यक्ष सुमन मल्लको चर्चा हालका दिनमा चुलिदै गएको छ ।

समाजसेवा र दिनदुखीको सेवा गर्न दिल खोलेर लाग्ने अध्यक्ष मल्लले आफुले पाउने सेवासुबिधा कहिल्यै आफ्ना लागि खर्च गरेनन् । असहाय, गरिब तथा दिनदुखीको सेवामा खर्च गर्दै आएका मल्लले खेल बिकासको लागि समेत योगदान पुराउदै आएका छन् ।

मल्लले बुधबार मात्रै खजुराको एक स्थानिय क्लबको बिकासको लागी खेल जर्सी र नगद दिएर सहयोग गरेका छन् ।

बाँकेमा जारी जिल्ला फुटबल लीग प्रतियोगितामा सहभागी जनाएको खजुरा २ साविक सीतापुरको एक मात्र टिम मोडेल टिम सी गाउँलाई फुटबल जर्सी र नगद १० हजार दिएर खेल बिकासमा योगदान गरेका हुन् ।

बुधबार एक खेल पोशाक तथा नगद हस्तान्तरण कार्यक्रममा बाँके बर्दिया मैत्री समाज जापानका बरिष्ट उपाध्यक्ष विनोद ओली, मोडेल टिम सी गाउँका अध्यक्ष इश्वर चन्द, जय किसान स्पोर्ट क्लबका सचिव दिपक रानाका साथै खेलाडी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

उता स्थानियले वडाको बिकास र जनताको सेवामा करिब ५ बर्ष बिताएका सुमन मल्ललाई खजुरा गाउँपालिकाको अध्यक्षको रुपमा हेर्न थालिएको छ ।

नेकपा एमाले बाँकेलाई खजुरा गाउँपालिकाबाट चुनाव जिताउन सक्ने युवा नेताको रुपमा वडा अध्यक्ष मल्ललाई नै पालिका अध्यक्षको रुपमा अगाडी सार्नुपर्ने धारणा सार्वजनिक हुँदै आएको छ ।

ब्यवसायी छबिका मल्ल जनप्रतिनिधि भएपछि पाउने सम्पुर्ण सुबिधा जनकल्याणको काममा लगाएका थिए । आफुले प्राप्त सुबिधा समेत जनकल्याणमा लगाएका कारण पनि पालिकामा हुने कुनैपनी आर्थिक क्रियाकलाप पार्दर्शी हुने र पालिकाको समग्र बिकासले फड्को मार्न सक्ने भन्दै सुमन मल्ललाई टिकट दिनु पर्ने जानकार बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *