बाँके प्रहरी एक्सनमा : धमाधम पक्राउ पर्दै तस्कर

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज :

नेपालगन्जबाट भारत पैठारीका लागि तयारी अवस्थामा रहेको सुपारी बाँके प्रहरीले बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट आज एक सय ५५ किलो सुपारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भे १ क १८२४ नम्वरको अटोमा ८५ किलो र भे १ क १२१९ नम्वरको अटोमा ७५ किलो सुपारीसहित भारत बहराइचस्थित नानपारका २८ वर्षीय इरफान राइ र ३८ वर्षीय मोहम्मद सइदलाई पक्राउ गरिएको न्यौपानेको भनाइ छ ।

अटो रिक्साको हुड र डिक्कीमा लुकाइछिपाइ भारत लैजानेक्रममा उनीहरु प्रहरीको फन्दामा परेका हुन् । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले तस्कर नियन्त्रणका लागि मातहतका अधिकारीलाई कडा निर्देशन दिएपछि तस्करहरु धमाधम कानुनको दायरामा आउन थालेका छन् ।

गएराती पनि नरैनापुर क्षेत्रबाट ठूलो परिमाणमा अवैध कुखुरा जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *