सइ थापाको कुटाइबाट स्थानीयबासीको कानको जाली फुट्यो

उज्यालो खबर मुख्य खबर

बाँकेमा सशस्त्रका सइको कुटाइबाट एकजना सर्वसाधरण मानिसको कानको जाली फुटेको छ ।

डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वाँया कानको जाली फुटेको हो । डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमणमा छ । उक्त अतिक्रमित जग्गा हटाउने बिषयमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी हिंजो हिरमिनिया पुग्नुभएको थियो । धोवीले अध्यक्ष चौधरीसँग हटाउने भए सबैलाई हटाउन र नत्र व्यक्ति छानेर नहटाउन आग्रह गर्नुभयो । त्यहीक्रममा अध्यक्ष चौधरीले धोवीलाई सम्झाउन सशस्त्रका सइ हर्क थापालाई आग्रह गर्नुभयो ।

सइ थापाले बढी बालेको भन्दै धोवीलाई कुटेको वडाअध्यक्ष मोहनराम मिश्रले जानकारी दिनुभयो । कुटाइबाट कान असाध्यै दुखेपछि धोवीलाई उपचारका लागि भेरीमा ल्याइएको थियो । चिकित्सकले कानको जाली फुटेको बताएको वडाअध्यक्ष मिश्रले बताउनुभयो । विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले पनि घटना स्वीकार गर्नुभएको छ ।

उहाँले धोवीले जाड खाएर तथानाम बोल्न थालेपछि सई थापाले सम्झाउनेक्रममा घटना भएको दावी गर्नुभएको छ । उहाँले घटनालाई सामान्यरुपमा लिँदै उपचार गरिदिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *